१५ चैत्र २०८०, बिहीबार
Follow Us

सागका लागि ल्याइएको पटका पड्काउँदा घाइते बालकको मृत्यु

sarusaru
२५ मंसिर २०७६, बुधबार ०७:५३

जनकपुरमा भएको १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत उद्घाटन समारोहमा आतिशबाजीका लागि ल्याइएको पटका पड्काउँदा घाइते भएका एक बालकको मंगलबार मृत्यु भएको छ।

सागको उद्घाटन समारोहमा पड्किन नसकेको पटका १० वर्षीय बालक आलोक राउतले घरमा लगेका थिए। घरमा सोही पटका पड्काउने क्रममा उनी घाइते भएका थिए।

जनकपुरधाम १३ स्थित कबर्ड हलनजिकै घर भएका राउतको उपचारका क्रममा आज मृत्यु भएको धनुषाका प्रहरी निरीक्षक उमाशंकरप्रसाद साहले बताए। पटाका पड्केपछि घाइते भएका बालकको पेट पूर्णरूपले जलेको थियो।

गम्भीर घाइते भएका बालक राउतलाई तत्कालै प्रादेशिक अस्पताल ल्याइएको थियो। तर, उपचार सम्भव नभएपछि धरानस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको थियो।
सेतोपाटी