१३ बैशाख २०८१, बिहीबार
Follow Us

१३ औं सागमा खेलाडीलाई बालुवाटारमा आमन्त्रण, प्रधानमन्त्रीद्वारा पुरस्कार घोषणा

नेपालब्रिटेन संवाददाता
२५ मंसिर २०७६, बुधबार ०८:४९

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेता खेलाडीहरुलाई प्रधानमन्त्री केपी ओलीले बालुवाटार आमन्त्रण गरेका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिउसो पदक विजेता खेलाडीहरुलाई आमन्त्रण गरिएको जानकारी दिए ।

सागमा स्वर्ण, रजत र कास्य पदक विजेता नेपाली खेलाडीहरुलाई प्रधानमन्त्री ओलीले बधाई दिन बालुवाटार आमन्त्रण गरेका हुन् । नेपाल सरकारले राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीहरूको सम्मानमा प्रधानमन्त्रीले सम्बोधन गर्ने थापाले ट्वीटर मार्फत जानकारी दिएका छन् । १३औं सागमा नेपालले ५१ स्वर्ण जित्दै दोस्रो भएको छ । नेपालको रजत र कास्यको संख्या क्रमशः ६० र ९५ छ ।