१६ चैत्र २०८०, शुक्रबार
Follow Us

युट्युब नहुने कलाकार त विचरा नै हुन्

नेपालब्रिटेन संवाददाता
२५ मंसिर २०७६, बुधबार ०९:४६

प्रज्ञा लामा, गायिका

होटल म्यानेजमेन्टमा स्नातक गरेकी प्रज्ञा लामाको जन्म काठमाडौंको बौद्धमा भएको हो । आफूले अर्कै विषयमा अध्ययन गरेको भए पनि पारिवारिक माहोल सांगीतिक भएकाले गायन क्षेत्रतिर आकर्षित भएको उनी बताउँछिन् । प्रज्ञाका बाबु बाँसुरीवादक हुन् भने काका तबला वादक । आफ्नो तीव्र इच्छा र परिवारको सहयोगले गायिका बन्न पुगेकी प्रज्ञा लामासँग कालिका महतले गरेको कुराकानी :

० पढाइ कहाँ पु-याउनुभयो ?
– मैले होटल म्यानेजमेन्टमा स्नातक गरेकी छु ।

० पढाइलाई अगाडि बढाउने कि टुंगियो ?
– अब मास्टर ज्वाइन गर्न लाग्दैछु । पढाइ र गायनलाई सँगै लिएर अगाडि बढ्ने विचारमा छु ।

० गायन क्षेत्रमा लाग्नुभएको कति भयो ?
– चार वर्ष भयो । तर व्यावसायिक ढंगले गीत गाउन थालेको तीन वर्ष भयो ।

० अहिलेसम्म कति जति गीतमा स्वर दिनुभयो ?
– मैले स्वर दिएका गीतहरू लगभग ३० वटा भए ।

० तपाईंको पढाइ पनि संगीत नै हो ?
– होइन, होटेल म्यानेजमेन्ट हो ।

० पढाइ होटेल म्यानेजमेन्ट अनि गायन क्षेत्रमा आउन कसरी प्रेरित हुनुभयो ?
– मलाई गायन क्षेत्रमा आउन घरपरिवारले नै प्रेरित गरेको हो । मेरो बुबा बाँसुरीवादक, काका तबला वादक हुनुहुन्छ । त्यसले गर्दा हाम्रो परिवार नै संगीतमय भयो । अनि म पनि गायन क्षेत्रतिर आकर्षित भएकी हुँ ।

० तपाईंले संगीत कहाँ सिक्नुभयो ?
– राष्ट्रिय नाचघरबाट भोकलको कोर्स लिएको हो । त्यहाँ ६ महिना क्लास लिएर गाउन थालेको हो ।

० गायन क्षेत्र तपाईंको व्यावसायिक हो कि रहर ?
– खासमा भन्नुपर्दा बढी चाहिँ रहर नै हो । पहिला त दुई÷तीनवटा गीत गाउँछु भनेर लागेको ३० वटा पुगिसके । अहिलेसम्म रहर नै भएको पढाइ होटल म्यानेजमेन्ट भए पनि संगीतलाई व्यावसायिक रूप दिने इच्छा जाग्न थालेको छ ।

० तपाईं कुन गीत गाउन रुचाउनुहुन्छ ?
– मैले अहिलेसम्म गायका प्रायः गीत फास्ट लोक पप हो ।

० अहिलेको पुस्ताले मन पराउने गीत कस्तो हुनुपर्छ ?
– डान्स गर्न मिल्ने फास्ट पप गीत अहिलेको पुस्ताले बढी मन पराउनेमा पर्दछन् ।

० तपाईंले पछिल्लो समय गाएको गीत कुन हो ?
– लोक पपमा आधारित ‘कान्छा कान्छा’ बोलको गीत चाहिँ मैले अहिलेसम्म गाएकोमा अलि न्याय गरेँ कि भन्ने लागेको छ । त्यसका न्यायाधीश त स्रोता, दर्शक नै हुनुहुन्छ । उहाँहरूले मन पराइदिनुभयो भने सफल भइयो ।

० यो गीत तपाईंको आफ्नै हो ?
– होइन, प्रकाश लामाको शब्द र गीतमा तयार भएको गीत हो । मैले स्वर दिएकी हुँ ।

० एउटा सफल गायक÷गायिका बन्नलाई नभई नहुने कडी के हो ?
– गायक-गायिकाको सबैभन्दा पहिलो आवश्यकता भनेको उसको स्वर नै हो । त्योबिना यो क्षेत्रमा आउन सम्भव नै छैन । अन्य पर्फमेन्स सिक्ने हो । स्वर चाहिँ गड गिफ्ट नै हुनुपर्छ ।

० अन्य गीतको तयारीमा हुनुहुन्छ ?
– अब हाम्रो सेलो आउँदै छ । सेलो भनेर टिपिकल सोलो चाहिँ होइन । यसमा तामाङ ओड्स र नेपाली ओड्सको मिक्समा छ । अहिलेको लोकभाकासँग मेल खाने खालको छ ।

० संगीत क्षेत्र कत्तिको खर्चालु हुन्छ ?
– पछिल्लो समय निक्कै खर्चालु हुँदै गएको छ । गीतअनुसारको भिजुअल चाहियो । त्यहीअनुसारका मोडल पनि चाहिन्छ, यो सबैलाई हेर्दा निकै महँगो छ ।

० तपाईले झन्डै ३० वटा गीत गाइसक्नुभयो, आम्दानी कस्तो छ ?
– अहिले गीतै गाएर त खासै कमाइ छैन । कि त आफैंले युट्युब च्यानल चलाउनुप-यो । त्यो सबैमा सम्भव पनि छैन । फेरि नयाँलाई खासै पेमेन्ट पनि गर्न खोज्दैनन्, कि त एकदमै चलेको हुनुप¥यो । आफ्नो युट्युब च्यानल नहुनेको राम्रो भयो भने युट्युबवालाले नै कमाउँछन् ।

० तपाईंको गीत युट्युबमा चलेमा रोयल्टी पाउनुहुन्न ?
– त्यस्तो रोयल्टी पाएको छैन । गीत चलाउन दिनुपरिहाल्छ । गीत चलेमा युट्युबवालाले नै आयआर्जन गर्दछन् ।

० युट्युबले त खुब पैसा कमाउँछन् भनिन्छ, गायक÷गायिकालाई हुँदैन ?
– हो, युट्युब चलाउनेलाई अहिले फाइदा छ । तर, त्यसमा स्वर दिने गायक÷गायिका विचरा नै हुन् । केही हुँदैन ।

० मोडलिङ पनि गर्नुभएको छ ?
– मिथिला शर्मासँग तीज गीतमा उहाँकी जेठी छोरीको रोलमा गरेकी छु । त्यसको अलावा थोरै आपूmले गाएको गीतमा पनि गरेकी छु ।

० व्यावसायिक मोडल बन्ने रुचि छ ?
– अफर आएमा र आपूmले चाहेजस्तो रोल र गीत भए मोडलिङ गर्ने रुचि छ । केही त गर्दै पनि आएकी छु । तर, व्यावसायिक ढंगले गरेकी छैन ।