August 11, 2020
10:39 PM | 3:24 AM

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्न सकेन

  12/12/2019 मा प्रकाशित

काठमाडौं । एजेन्डा तय नहुँदा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अझै सुरु हुन सकेको छैन । विभाग गठनसम्बन्धी एजेन्डा तय हुन नसक्दा कार्यसमितिको बैठक बस्न नसकेको हो । केन्द्रीय समितिको बैठकअघि एजेन्डामाथि छलफल गर्न सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका पदाधिकारीको बैठक सानेपा पार्टी कार्यलयमा बसिरहेको छ ।

केन्द्रीय समिति बैठकमा उपनिर्वाचनको समीक्षा, आगामी पुस ७ देखि १६ गतेसम्म हुने पार्टीको तेस्रो चरणको राष्ट्रिय जागरण अभियान, सकारको भूमिका, केन्द्रीय विभाग गठन, पार्टीका अन्तरिम संरचना गठन, केन्द्रीय समितिको समयावधि समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालगायत विषयमा छलफल हुनेछ । खासगरी विभाग गठनसम्बन्धी एजेन्डामा सहमति हुन नसक्दा बैठकमा ढिलाइ भएको छ ।

हाल कायम रहेका २८ विभागको संख्या बढाएर ४५ पु-याउने तयारी संस्थापन पक्षको छ । ४५ विभाग गठनसम्बन्धी प्रस्तावलाई पारित गराउने रणनीतिमा देउवासहितको टिम रहे पनि असन्तुष्ट पक्षले यसमा विरोध गर्दै आएको छ ।

प्रतिक्रिया