१५ बैशाख २०८१, शनिबार
Follow Us

तमुधिं यूकेको सबै पदमा सर्वसम्मत, अध्यक्षमा ज्ञाम गुरुङ

नेपालब्रिटेन डट कम्
३ मंसिर २०७३, शुक्रबार २२:३०

लण्डन । संस्था तमुधिं यूकेको अध्यक्षमा ज्ञाम गुरुङ निर्विरोध भएका छन । निर्वाचन समितिका अनुसार शनिबार अल्डरसटमा हुने अधिवेसनका लागि अध्यक्ष पदमा उनको मात्र उम्मेदवारी परे पछि उनी अध्यक्ष बन्ने पक्का भएको हो । उम्मेदवारी दिने शुक्रबार दिउंसोको समयसीमाभित्र अध्यक्ष पदका लागि उनकोे मात्रै उम्मेदवारी परेको हो ।

गुरुङ तमुधिं यूकेको वर्तमान उपाध्यक्ष समेत हुन् । कार्यसमितिको उपाध्यक्षमा भने ३ पदका लागि ६ जनाको उम्मेदवारी परेकोमा विधान संसोधन गरेर सवैलाई उपाध्यक्ष पद दिने गरि सहमति भएको तमुधीं यूकेका अध्यक्ष सुर्जे गुरुङले जानकारी दिएका छन् । विधान संसोधन पछि उपाध्यक्षमा नन्द गुरुङ, हितकाजी गुरुङ, हरि गुरुङ, जुमकाजी गुरुङ, मन्जु गुरुङ, पुनम गुरुङ निर्विरोध चयन हुने भएका छन् । शुक्रवार अवेर सम्म तुमधीं यूकेका अग्रज तथा सल्लाहार सहितको बिषेश बैठकले कार्यसमितिलाई सर्वसम्मत बनाएको हो ।

त्यस्तै महासचिव कृष्ण गुरुङ, सचिव तुलाराम गुरुङ, कोषाध्यक्ष दिपक गुरुङ, सहकोषाध्यक्ष कुमार गुरुङ निर्विरोध भए । तमुधीं यूकेको १५ सदस्यीय कार्यसमितिको औपाचारिक घोषणा शनिवार हुने अधिवेसन हुने भएको छ ।

तमुधिं यूके बेलायतमा सबै भन्दा ठूलो जातिय संस्थाको रुपमा मानिन्छ भने नेपाली मेला, गोर्खा कप जस्ता १० औं हजारको उपस्थितमा हुने ठूल्ठूला कार्यक्रमको आयोजना गर्दै आएको छ ।