१५ बैशाख २०८१, शनिबार
Follow Us

नेकपा सचिवालय बैठक स्थगित

नेपालब्रिटेन संवाददाता
२७ मंसिर २०७६, शुक्रबार ०५:०९

काठमाडौं ।आजका लागि तय भएको नेकपाको सचिवालय बैठक स्थगित भएको छ । नेताहरुको कार्यब्यस्तता र अध्यक्ष पुष्पकमल दाहालले बैठकका लागि गर्नुपर्ने तयारी पूरा नभएकाले बैठक स्थगित भएको छ ।

स्थगित बैठक शनिवार या आइतबार राख्ने अध्यक्ष दाहालको तयारी छ । सचिवालय बैठकमा स्थायी कमिटी बैठकको कार्यसूची, उपचुनावको समीक्षा, बाँकी रहेका साङ्गठनिक कार्यका साथै सभामुखको उम्मेदवारका विषयमा छलफल गर्ने नेकपाको तयारी छ ।

नेकपाको केन्द्रीय विभाग र आयोगले प्रमुख र उपप्रमुखबाहेकको पूर्णता पाउन सकेको छैन । सभामुखमा पनि आकांक्षी धेरै भएकाले सहमति जुटाउन शिर्ष नेतालाई समस्या भएको छ ।