१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सागमा पदक विजेता खेलाडी र प्रशिक्षकलाई आज नागरिक अभिनन्दन

नेपालब्रिटेन संवाददाता
२७ मंसिर २०७६, शुक्रबार ०५:१३

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई आज काठमाडौँ उपत्यकामा नागरिक अभिनन्दन गरिँदैछ । देशलाई पदक दिलाउने खेलाडी र प्रशिक्षकको सम्मानमा उपत्यकाका तीन जिल्ला घुमाएर नागरिक अभिनन्दन गर्न लागिएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

नागरिक परिक्रमा कार्यक्रम त्रिपुरेश्वरबाट सुरु भएर न्युरोड, इन्द्रचोक, रत्नपार्क, सिंहदरबार पुल्चोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै सल्लाघारीम्म हुनेछ । परिषद्का अनुसार, त्यहाँबाट पुनः सल्लाघारी, कोटेश्वर, बानेश्वर हुँदै राखेपमा प्रांगणमा आएर नागरिक अभिनन्दन कार्यक्रम समापन हुनेछ ।