१४ बैशाख २०८१, शुक्रबार
Follow Us

वेलायतमा पहिलो पटक १९० महिला सांसद निर्वाचित


२७ मंसिर २०७६, शुक्रबार ०८:२४

लण्डन । बेलायतमा विहिबार तल्लो सदन हाउस अफ कमनको लागि भएको आमनिर्वाचनमा १९० जना महिला निर्वाचित भएका छन् ।

शुक्रबार विहानसम्म ६५० सिटको नतिजा आउँदा लेवर पार्टीबाट १०४ र सत्तारुढ दल कञ्जरभेटिभ पार्टीबाट ८६ जना महिला सांसद निर्वाचित भएका हुन् । यो वेलायती संसदमा ऐतिहासमै ठूलो उपस्थिती रहेको वताएको छ । नतिजा अनुसार २९.२३ प्रतिशत महिला वेलायती संसदमा रहने छन् ।

निर्वाचनमा कञ्जरभेटिभ पार्टीले ३६४ सिट प्राप्त गरेर सुविधाजनक बहुमत प्राप्त गरेको छ । प्रधानमन्त्री वोरिस जोन्सनले नेतृत्वमा रहेको कञ्जरभेटिभ पार्टीले जित हासिल गरे पछि जोन्सनलाई पुनः प्रधानमन्त्री बन्न बाटो खुलेको छ।

६५० सिटको लागि भएको निर्वाचनमा विपक्षी दल लेवरलाई ठूलो धक्का लागेको छ। पछिल्लो परिणाम अनुसार लेवरले २०३ सिट प्राप्त गरेको छ। लेवरले गत निर्वाचनमा भन्दा ५८ सिट कम ल्याएको छ।

निर्वाचनमा स्कटिस् नेस्नल पार्टीले ४८ सिट प्राप्त गरि तेस्रो स्थान सुरक्षित गरेको छ। अर्को दल लिबरल डेमोक्र्याटले ११ सिट जितेको छ।