६ बैशाख २०८१, बिहीबार
Follow Us

लन्डनबाट दौडिएरै नेपाल (भिडियो सहित)

नेपालब्रिटेन डट कम्
२७ मंसिर २०७६, शुक्रबार १५:४७

लन्डन । बेलायतकी रोजी स्वेल पोप नामक ७३ वर्षीया एक वृद्धा लन्डन देखि दौडेर नेपाल जादैछिन् ।।

उनी कुनै कीर्तिमानीका लागि दौडिन लागेकी भने होइनन्। रोजी २०७२ सालको विनाशकारी भूकम्पमा परेका पीडितलाई रकम संकलन गरी सहयोग गर्न दौडिदैछिन्।

सन् २०१८को जुलाई देखि लन्डनबाट दौडिन थालेकी रोजी दैनिक २० किलोमिटरको दरले दौडिँदैछिन्। डिसेम्बरसम्म उनी १२ राष्ट्र कटेर इस्तानबुल पुगेकी हुन्।

उनी रातो डिब्बालाई तानेर दौडिन्छिन्। त्यो डिब्बा भने उनको खाट हो। दिनभर दौडेर रात परेपछि उनी त्यसैमा सुत्ने गर्छिन्। रातको बास कहाँ हुन्छ भन्ने कुरा उनी आफैलाई थाहा हुन्न। दौडिएर जुन ठाउँमा रात पर्यो, त्यही उनको बास हुने गरेको छ।

‘च्यारेटीको लागि दौडिन पाएकोमा म निक्कै खुसी छु’ उनले भनिन्, ‘खान दिन मात्रै नभई प्रतिभाशाली मानिसलाई खाना उत्पादन गर्न मद्दत गर्नु हो।’

यसअघि सन् २००२ मा आफ्ना दोस्रो श्रीमानको प्रोस्टेट क्यान्सरले मृत्यु भएपछि उनी न्युयोर्क देखि सान फ्र्यानसिस्कोसम्म दौडेकी थिइन्। त्यत्तिबेला उनले प्रोस्टेट क्यान्सरमा परेका पीडितलाई सहयोग गर्न आफ्नो अभियान थालेकी थिइन्। रोजीले यस्ता विभिन्न क्षेत्रका पीडितहरुलाई सहयोग गर्न अभियान थाल्दै आएकी छन्।

सन् २००३ मा पनि दुर्गम क्षेत्रको विकासका लागि उनी नेपाल आइसकेकी छिन्। उनले नेपालको एक स्थानदेखि अर्को स्थानसम्म १७ सय किलोमिटर दुरी ६८ दिनमा पुरा गरी विश्व कीर्तिमान राखेकी थिइन्।