१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बम विस्फोटमा इन्स्पेक्टरसहित ३ को मृत्यु

नेपालब्रिटेन संवाददाता
२८ मंसिर २०७६, शनिबार ०४:३३

जनकपुर । धनुषाको महेन्द्रनगरमा बम विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ । प्रहरी निरीक्षक (इन्सपेक्टर) सहित २ जना बाबुछोरा गरी ३ को ज्यान गएको हो । धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विष्फोट भएको हो ।

गएराति भएको बम विस्फोटमा ४६ वर्षका राजेश्वर साह र उनका २४ वर्षीय छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो । विस्फोटमा परी घाइते भएका प्रहरी निरीक्षक अमिर दाहालको पनि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको छ । शुक्रबार राति १२ बजे राजेश्वरको घरको शौचालय नजिक छाडिएको बम विस्फोट भएको हो ।

बम हो वा होइन भनी इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट प्रहरी टोली पुग्नेबित्तिकै विस्फोट भएको हो । विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहाल र प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली गम्भीर घाइते भएका थिए ।

घाइते दाहाललाई बीपी स्वास्थ्य प्रतिस्ठान धरान ल्याउँदे गर्दा मृत्यु भएको हो । अन्य तीन जनाको धरानमै उपचार भइरहेको छ । घटनामा अन्य दुई जना सामान्य घाइते भएको बताइएको छ ।