१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पौडेल निवास बोहराटारमा सभापति देउवा र उपसभापति निधि

नेपालब्रिटेन संवाददाता
२८ मंसिर २०७६, शनिबार ०८:४४

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले विभाग गठन र महाधिवेशन तयारीका विषयमा असन्तुष्ट बरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहमतिका लागि पहल थालेका छन् । आज विहान बोहोराटार पुगेर सभापति देउवाले नेता पौडेलसँग छलफल गरेका हुन् ।

उपसभापति बिमलेन्द्र निधिसहित पौडेल निवास पुगेका देउवाले विभाग गठन र महाधिवेशनको विषयमा सहमतिको विन्दु खोज्न पौडेललाई आग्रह गरेका हुन् ।

पौडेलले भने सहमतिमा निर्णय गर्नुको सट्टा संस्थापन बाहेकका नेतालाई पेलेर जान खोजेको भन्दै सभापति देउवासँग आक्रोश पोखेका छन । मंसिर २५ गते देउवाले एकलौटी रुपमा विभाग गठनको प्रस्ताव ल्याएको भन्दै पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला समूहले केन्द्रिय समिति बैठक समेत बहिस्कार गरेको थियो ।

बहिस्कारका विच विभागको संख्या २८ बाट ४१ बनाउने निर्णय संस्थापनले गरेपछि विवाद झनै उत्कर्षमा पुगेको छ । आउदो फागुनमा महाधिवेशन गर्नुको सट्टा देउवाले आफ्नो कार्यकाल एक वर्ष थप गर्ने रणनीति बनाएपछि पौडेल र सिटौला पक्ष रुष्ट छ ।