४ बैशाख २०८१, मंगलवार
Follow Us

कालिन्चोक दर्शन गरेर फर्केको बस दुर्घटना हुँदा १३ को मृत्यु

नेपालब्रिटेन संवाददाता
२९ मंसिर २०७६, आईतवार ०४:०४

काठमाडौं । दोलखाको कालिन्चोक दर्शन गरेर फर्केको बस सिन्धुपाल्चोकस्थित लामो साँघु जिरी सडक खण्डमा दुर्घटनामा परेको छ । दुर्घटनामा परी १३ जनाको घटनास्थलमै मृत्यु भएको छ । कालिन्चोक दर्शन गरेर भक्तपुरतर्फ फर्कँर्दै गरेको बा ४ ख ४४६८ नम्बरको बस बिहान ६:३० बजेतिर दुर्घटनाग्रस्त भएको जिल्ला टाफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

सिन्धुपाल्चोकको ६ किलो मोडमा बस दुर्घटना भएको जनाइएको छ । घटनास्थलमा १३ जनाको शव फेला परेको बताइए पनि एकिन विवरण आइसकेको छैन । सडकबाट बस कम्तीमा ५ सय मिटर तल खसेको र दुर्घटनामा केही यात्रु घाइते भएको प्रहरीको भनाइ छ । उद्धार कार्य भइरहेको जनाइएको छ ।