६ बैशाख २०८१, बिहीबार
Follow Us

लिभरपुलद्वारा वाट्फोर्ड २-० ले पराजित

नेपालब्रिटेन संवाददाता
२९ मंसिर २०७६, आईतवार ०४:१६

लन्डन । इंग्लिस प्रिमियर लिगको शिर्ष स्थानमा रहेको लिभरपुलले अपराजित यात्रा कायमै राखेको छ । गएरातिराति भएको खेलमा लिभरपुलले वाट्फोर्डलाई २–० ले पराजित गरेको हो । लिभरपुलका लागि दुवै गोल स्टार खेलाडी मोहम्मद सालेहले गरे । अर्को खेलमा चेल्सी बाेर्नमाउथसँग १-० गोल अन्तरले पराजित भएको छ । उसका लागि डान गोस्लिङले निर्णायक गोल गरे ।

लिगको दोस्रो स्थानको लेष्टर सिटीले नर्विचसँग १-१ गोलको बराबरी खेलेर अंक बाँडेको छ । नर्विचका लागि पुकीले गोल गरे । लेस्टरका एक गोल नर्विचकै क्रुलले आत्मघाती गोल उपहार दिए । अन्य खेलमा सेफिल्ड युनाइटेडले एस्टन भिल्लालाई २-० र बर्नलीले न्युकासललाई १-० ले हराएको छ गएरातिका खेलपछस शीर्ष स्थानको लिभरपुलको १७ खेलबाट ४९ अंक भएको छ ।

दोस्रो स्थानको लेस्टर सिटी भन्दा लिभरपुल १० अंकले अघि रहेको छ । एक खेल कम खेलेको म्यानचेष्टर सिटी ३२ अंक सहित तेस्रो स्थानमा छ । चेल्सी भने १७ खेलवाट २९ अंक सहित चाैथो स्थानमा छ ।