११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएन इंग्ल्याण्डले नागरिक निरन्तरता बारे अन्तरकृया गर्ने

नेपालब्रिटेन डट कम्
२९ मंसिर २०७६, आईतवार २२:२८

लण्डन। गैर आवासीय नेपाली संघ, राज्य समन्वयन परिषद, इंग्ल्याण्डद्वारा नेपाली नागरिकता निरन्तरता सम्बन्धी अन्तरकृया कार्यक्रमको आयोजना गर्ने भएको छ । अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा आइतवार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

अन्तरकृयामा नेपाली नागरीकता निरन्तरता, पैतृक सम्मतिको सुरक्षा तथा लगानीको अधिकार तथा सुरक्षाको बारेमा छलफल हुने वताएको छ ।
कार्यक्रम जनवरी ५ तारीख, आइतवार अल्डरशटमा आयोजना गर्ने तयारी गरिएको छ ।

कार्यक्रममा गैर आवासीय नेपाली संघका केन्द्रीय महासचिव डा. हेमराज शर्मा, नेपाली नागरिकता निरन्तरता अभियानका अभियन्ता गोबिन्द बेलबासे, सुरेन्द्र नेपाली श्रेष्ठ लगायतको उपस्थिति रहने छ ।

यसै बैठकले कार्यसमितिको कार्यभार तथा जिम्मेवारीको बाँडफ़ांड पनी गरेको छ । प्रक्रिया अनुसार निर्वाचित सदस्य प्रकाश न्यौपानेलाई प्रवक्ता चयन गरेको छ । साथमा कार्यसमितिका सदस्यहरुको विभागीय जिम्मेवारी समेत तोकिएको ।

विभागीय जिम्मेवारीहरु निम्न छन

१. संस्कृति तथा च्यारिटी विभाग ( उपाध्यक्ष लाल बहादुर गुरुङ्ग)
२. भाषा तथा साहित्य विभाग ( सह-सचिब कृष्ण वैद्य)
३. खेलकुद तथा युवा विभाग ( सह-कोषाध्यक्ष चन्दन गुरुङ्ग)
४. महिला तथा विद्यार्थी उत्थान तथा विकास (सदस्य श्रीमती वन्दना केसी)

बैठकमा अध्यक्ष श्रेष्ठले गैर आवसीय नेपाली संघ यूकेद्वारा सदस्यता कार्ड वितरण गर्ने कार्य इङ्गल्याण्ड राज्य समन्वय परिषदले जिम्मा लिएको जानकारी गराएका थिए ।

कार्यसमितिले बेलायतबासी सबै नेपालीहरूलाई उपस्थितिको लागी आह्वान गरेको छन् ।