१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सामूहिक बलात्कारको आरोपमा दुई जना पक्राउ

sarusaru
३० मंसिर २०७६, सोमबार १०:३५

काठमाडौं । सामूहिक बलात्कारको आरोपमा प्रहरीले तारकेश्वर नगरपालिका ४ पुरानो गुहेश्वरीबाट दुई जनालाई पक्राउ गरेको छ ।

३० वर्षकी महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी निरीक्षक गम्भीरजंग थापाले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

प्रहरीका अनुसार ३९ वर्षका रोमराज पुतुवार र ४९ वर्षका लाले गुरुङ पक्राउ परेका छन् ।
अनलाइनखबर