१३ बैशाख २०८१, बिहीबार
Follow Us

संविधान संशोधनमा वाह्य हस्तक्षेप अमान्य

नेपालब्रिटेन डट कम्
४ मंसिर २०७३, शनिबार ०७:२२

काठमाडौं । पूर्व सांसद्हरुले संविधान कार्यान्वयनको विकल्प नभएको बताएका छन् । पूर्व सांसद मञ्च नेपालले आज राजधानीमा गरेको कार्यक्रममा उनीहरुले मधेसका मुद्धा सम्बोधन गरेर संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् ।
संविधान संशोधनमा बाह्य हस्तक्षेप अमान्य हुने भन्दै उनीहरुले दलहरुको सहमतिमा संविधान संशोधन गरेर मुलुकलाई निकास दिनुपर्ने बताए ।
पूर्व सांसद मञ्च नेपालका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले लामो समयसम्म मुलुकलाई अनिर्णयको बन्दी बनाउन नहुने बताए । उनले वर्तमान चुनौतिहरुलाई सामना गरेर दलहरुलाई अगाडि बढ्न सुझाव दिए । पूर्व सांसदहरुले मधेसी जनताको राष्ट्रियतामा शंका गर्न नहुने भन्दै सबै मिलेर मुलुकलाई निकास दिन आग्रह गरे ।