१४ बैशाख २०८१, शुक्रबार
Follow Us

यौनधन्दा चलाउँदै आएका होटल सञ्चालक समातिए

नेपालब्रिटेन संवाददाता
३० मंसिर २०७६, सोमबार ११:०२

भरतपुर । चितवनमा यौनधन्दा चलाउँदै आएका होटल सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । क्लिन चितवन बनाउने अभियानमा यौनधन्दा बढेको भन्ने आएपछि प्रहरीले उनीहरुलाई भेटेको चितवनका एसपी दानबहादुर मल्लले बताए ।

पछिल्लो समयमा फस्टाउदै गरेको यौन विकृतिको यो नमुना मात्र हो एसपी मल्लले भने, ‘‘नमुनाको रुपमा देखिएको यो दृश्य र संवाद चितवनको लागि कुनै नयाँ र नौलो कुरा भने होइन । अब नयाँ चितवनमा प्रहरी यस्ता विकृती पूर्ण रुपमा निस्तेज पार्ने दावी पनि गरे ।’

प्रहरी नियन्त्रणमा रहेकाहरु भरतपुर महानगरपालिकाको खोटाङ सगरमाथा होटल एण्ड गेष्ट हाउसका सञ्चालक भरतपुर महानगर २९ जुगेडी बस्ने वर्ष ५० को जंगबहादुर क्षेत्री, उनकी श्रीमती ३९ की निर्मला थापा क्षेत्री र जिल्ला सुनसरी धरान उपमहानगर ८ लेटाङ वस्ने बर्ष २४ की रोशिका राई रहेको एसपी दानबहादुर मल्लले जानकारी दिए ।

युवतीलाई होटलको कोठामा बन्धक बनाई विगत लामो समयदेखि यौन क्रियाकलाप गराउँदै आएको भन्ने सूचनाको अधारमा ३ जनालाई नियन्त्रणमा लिइएको एसपी मल्लले बताए । प्रहरीले उनीहरुलाई बिहीबार राति नै उनीहरुलाई पक्राउ गरिएको थियो । उनीहरुमध्ये मध्ये २ जना मुग्लिन र एक जनालाई जुगेडीको होटल सगरमाथाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

होटलमा १८ देखि २३ वर्ष उमेरका युवतीहरुलाई होटल सञ्चालकले यौनधन्दामा लगाउने र उनीहरूलाइ सो बापत ५ देखि १५ सयसम्म रकम दिने गरेको खुल्न आएको छ । तीनै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको चितवन प्रहरीका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । उनीहरुलाई प्रहरी हिरासतमा राख्नको लागि चितवन जिल्ला अदालतबाट सोही दिनबाट लागू हुने गरी पहिलो पटक दिन ५ को अनुमती प्रदान भाएको उनले बताए ।