१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेकपा स्थायी समितिमा अध्यक्ष दाहालको प्रतिवेदनमा छलफल

नेपालब्रिटेन संवाददाता
३० मंसिर २०७६, सोमबार ११:०८

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बस्यो । बैठकमा सीमा सुरक्षा, विधान संशोधनलगायत अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनलगायत विषयमा छलफल भएको छ ।

आइतबारको बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन माथि आज सोमबार पनि छलफल भयो । प्रतिवेदनमा सरकार र पार्टीका कामलाई प्रभावकारी बनाउनुपर्ने, आगामी कार्ययोजनालगायत विषय उल्लेख गरिएको छ । पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ । सदस्यहरुले आफ्नो धारणा राखेका छन् ।