१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लिभरपुल फिफा क्लब विश्वकप फुटबलको फाइनलमा

नेपालब्रिटेन संवाददाता
३ पुष २०७६, बिहीबार ०४:१९

लन्डन । इङ्लिस क्लब लिभरपुल फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । कतारको दोहामा बुधबार राति भएको मेक्सिकन क्लब मोन्टेरीलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

खालिफा अन्तर्राष्ट्रिय मैदानमा भएको खेलको १२ औं मिनेटमा नेबी केइटाले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाएका थिए । १४ औं मिनेटमा रोगेलिओ फुनेस मोरीले गोल गर्दै मोन्टेरीलाई खेलमा फर्काएका थिए ।

तर, खेलको इन्जुरी समयमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाए । अब लिभरपुलले उपाधिका लागि फ्लामेन्गोसँग खेल्नेछ ।