१४ बैशाख २०८१, शुक्रबार
Follow Us

‘मिसेस युनिभर्स २०१९’ मा बिनुले नेपालको प्रतिनिधित्व गर्ने

नेपालब्रिटेन डट कम्
३ पुष २०७६, बिहीबार ०८:०१

काठमाडौं । ‘टुडेज उमन मिसेस नेपाल युके’ बिनु लामिछानेले ‘४७ औं मिसेस युनिभर्स २०१९’ मा भाग लिने भएकी छिन्। आगामी २२ देखि ३० डिसेम्बरसम्म चीनको गन्जाओमा आयोजना हुने ‘मिसेस युनिभर्स’ मा बिनुले नेपालको प्रतिनिधित्व गर्ने भएकी हुन्।

मिसेस नेपाल युनिभर्स २०१८ की बिजेता एवं लन्डन फेसन हाउसकी अध्यक्ष मनिषा डंगोल श्रेष्ठले मिसेस नेपाल युकेको आयोजना गर्दै आएकी छिन्।

सो प्रतियोगिताको तयारीका लागि बिनुलाई केही दिन इन्टरनेसलन कोरियोग्राफर रोजिन शाक्यले ग्रुमिङ, प्रिजेन्टेसन, पर्सनालिटी लगायतको प्रशिक्षण दिइरहेका छन्। मिसेस युनिभर्स २०१९ को लागि आफूले अहिले सम्पूर्ण तयारी गरिरहेको बिनुले बताएकी छिन्।

बेलायतमा डेन्टल सर्जरी प्राक्टिस म्यानेजरको रुपमा कार्यरत बिनु नेप्लिज नर्सिङ एसोसिएसन युकेकी कोषाध्यक्ष पनि हुन्।