१५ बैशाख २०८१, शनिबार
Follow Us

सेनाका सहायक रथी थापा उपरथीमा बढुवा

नेपालब्रिटेन संवाददाता
४ पुष २०७६, शुक्रबार ०४:२७

काठमाडौं । सरकारले नेपाली सेनाका सहायक रथी निर्मलकुमार थापालाई उपरथी तथा महासेनानी नारायण सिलवाललाई सहायक रथीमा बढुवा गरेको छ । गत मंसिर ३० गते बसेको मन्त्रिपरिषद बैठकले प्रमुख सेनानीद्वय लव खत्री र रुपेन्द्र बुढाथोकीलाई महासेनानीमा पदोन्नती गर्ने निर्णय समेत गरेको छ । यस्तै, महासेनानी दीप सिंह र प्राविधिक महासेनानी डा. अमित जोशीको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ । यसैबीच, सरकारले नेपाली सेनाका ३ जना उपरथीको सरुवा गरेको छ । यसबारे विस्तृत विवरण भने सरकारले सार्वजनिक गरेको छैन् ।