७ बैशाख २०८१, शुक्रबार
Follow Us

मलेसियाले विदेशी कामदारको पारिश्रमिक बृद्धि गर्ने, न्यूनतम तलब १२ सय रिंगिट

नेपालब्रिटेन संवाददाता
४ पुष २०७६, शुक्रबार १५:४१

काठमाडौं । नेपालीहरुको रोजगारीको प्रमुख गन्तव्य बनेको मलेसिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बृद्धि गर्ने निर्णय गरेको छ । मलेसियाको मानव संशाधन मन्त्रालयले आगामी वर्ष सन् २०२० को जनवरी १ तारिखदेखि लागू हुने गरी स्वदेशी तथा विदेशी कामदारको पारिश्रमिक बृद्धि गर्ने भएको हो ।

नयाँ नियमअनुसार श्रमिकहरुको न्यूनतम तलब १२ सय रिंगिट हुनेछ । तलव बढेपछि प्रत्येक कामदारले न्यूनतम मासिक तलब करिब ३३ हजार रुपैयाँ हुनेछ ।यसअघि श्रमिकहरुको न्यूनतम पारिश्रमिक ११ सय रिंगिट थियो। न्यूनतम पारिश्रमिक कार्यान्वयनमा आएसँगै मलेसियामा कार्यरत लाखौँको संख्यामा नेपाली श्रमिकहरु लाभान्वित हुने अपेक्षा गरिएकाे छ ।