७ बैशाख २०८१, शुक्रबार
Follow Us

भारत प्रदर्शन : प्रहरीको गोली लागेर उत्तर प्रदेशमा थप छ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
५ पुष २०७६, शनिबार ०७:३९

लखनउ । भारतमा नागरिकता कानुनको विरोधमा भएको प्रदर्शनमा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मुस्लिम लगायत समुदायलाई विभेद गरेको भन्दै शुक्रबार उत्तर प्रदेशमा भएको प्रदर्शनमा थप छ जनाको मृत्यु भएको हो ।

उत्तर प्रदेशका अधिकांश विभिन्न जिल्लामा भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा उनीहरुको मृत्यु भएको हो । प्रदर्शनकारीले सवारी साधनमा आगजनी गर्नुका साथै प्रहरीमाथि पेट्रोल बम प्रहार गरेको प्रहरीले जनाएको छ ।

स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपरेको प्रहरीले जनाएको छ । झडपमा ३२ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तिमध्ये आठ जना प्रहरी छन । प्रहरीले ठुलो संख्यामा प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

सरकारले प्रदर्शनमा रोक लगाएपछि राजधानी दिल्ली मुजफ्फरपुर, मेरठ, गोरखपुर, बनारसलगायत उत्तरप्रदेशका विभिन्न स्थानमा प्रदर्शन भएको हो । नयाँ कानूनको विरोधमा दुईहप्तादेखि भारतमा प्रदर्शन जारी छ । कानूनी रुपमै धर्मका आधारमा विभेद भएको भन्दै भारतभर प्रदर्शन चर्किएको हो ।