१३ बैशाख २०८१, बिहीबार
Follow Us

काठमाडौं म्याराथनको उपाधि नरेन्द्रलाई

नेपालब्रिटेन संवाददाता
५ पुष २०७६, शनिबार ०७:४८

काठमाडौं । १३ औं संस्करणको काठमाडौं म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावलले जितेका छन् । निर्धारित दुरी २ घण्टा ३३ मिनेट १० सेकेण्डमा पुरा गर्दै रावलले उपाधि जितेका हुन । आर्मीकै बेदबहादुर सुनार २ घण्टा ३४ मिनेट २० सेकेण्डमा निर्धारित दूरी पार गर्दै दोस्रो भए । २ घण्टा ३४ मिनेट ४५ सेकेण्डको समयसहित आर्मीकै ज्ञानप्रसाद भट्टराई तेस्रो भए ।

महिलातर्फको उपाधि कान्छीमाया कोजुले जितेकी छिन् । निर्धारित दुरी २ घण्टा ५७ मिनेट २७ सेकेण्डमा पुरा गर्दै कान्छीमायाले उपाधि जितेकी हुन् । यससँगै काठमाडौं म्याराथनमा लगातार तेस्रो वर्ष उपाधि जित्दै ह्याट्रिक पुरा गरेकी छिन् । म्याराथनतर्फको विजेताले ५० हजार, दोस्रो हुनेले २० हजार र तेस्रोले १५ हजार पुरस्कार प्राप्त गरेका छन् ।

त्रिपुरेश्वरवाट शुरु भएको म्याराथन वानेश्वर कोटेश्वर एयरपोर्ट, गौशाला, नक्साल लौनचौर, दरवारमार्ग हुँदै रंगशालामै आएर समापन भएको थियो । हाफ म्याराथनको उपाधि पनि आर्मीकै राजन रोक्का र पुर्णलक्ष्मी न्यौपानेले जितेका छन् ।

पुरुषतर्फ रोक्का निर्धारित दूरी १ घण्टा १० मिनेट २६ सेकेण्डमा पुरा गर्दै पहिलो भएका हुन । त्यस्तै महिलातर्फ न्यौपानेले १ घण्टा २८ मिनेट ०३ सेकेण्डमा पार गरेर न्यौपाने उपाधि हात पारिन ।

हाफ म्याराथनतर्फ विजेताले २० हजार पुरस्कार जितेका छन । त्यस्तै पाँच किमीको खुल्ला दौडको उपाधि भने अजितकुमार यादव र सरस्वती भट्टराईले जिते ।