१६ चैत्र २०८०, शुक्रबार
Follow Us

जनवरी ३१ मा बेलायत युरोपेली संघबाट बाहिरिने निश्चित

नेपालब्रिटेन डट कम्
५ पुष २०७६, शनिबार ०८:१०

प्रस्तावको पक्षमा ३ सय ५८ र विपक्षमा २ सय ३४ मत

लण्डन । युरोपेली संघबाट बेलायतको बहिगर्मन प्रक्रिया अझै एक कदम अघि बढेको छ ।
शुक्रबार संसदमा ब्रेक्जिट विधेयक बहुमतले पारित भएपछि आउँदो जनवरी ३१ मा बेलायत युरोपेली संघबाट बाहिरिने पक्कापक्की बनेको छ ।

प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावको पक्षमा ३ सय ५८ र विपक्षमा २ सय ३४ मत परेको थियो ।

विपक्षी लेबर नेता जेरेमी कोर्बिनले विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई उर्दी गरेपनि ६ लेबर सांसदले पक्षमा मत दिएका थिए ।

पारित विधेयकले सन् २०२० को अन्तसम्मको लागि तोकिएको संक्रमणकालीन समयको अवधिलाई थप गर्न नमिल्ने व्यवस्था पनि गर्नेछ ।

जसकारण उक्त अवधिभित्र युरोपेली संघसंगको भावी व्यापार सम्झौता टुंगो लगाउन नसके नो डिल ब्रेक्जिट हुने भएको छ । यो विधेयकमाथि जनवरीको दोस्रो साता संसदमा छलफल हुनेछ ।

विधेयकलाई संसदले पारित गरेपछि प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिट अब झन् नजिक बनेको प्रतिक्रिया दिएका छन् ।