७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेकपा स्थायी समिति बैठक आज सकिँदै

नेपालब्रिटेन संवाददाता
५ पुष २०७६, शनिबार ०९:२६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिनुहुनेभएको छ । मंसिर २९ देखि बसेको स्थायी समितिको बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष दाहालले आज दिनुहुनेभएको हो । स्थायी समिति सदस्यहरूले पार्टी एकीकरण प्रक्रिया ढिलो सकिएको, सरकार प्रभावकारी हुन नसकेको प्रश्न उठाएका छन् ।

अमेरिकी सहयोग परियोजना ( एमसीसी) को विषयमा भने पार्टी नेताहरू स्पष्ट दुई धारमा देखिएका छन् । नेताहरुको सुझाव अनुसार अध्यक्ष दाहालले परिमार्जन सहितको प्रतिवेदन तयार गरेको बताइएको छ । प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलबाट उठेका विषय सम्वोधन गरी प्रतिवेदन तयार भएको बताइएको छ ।

अध्यक्ष दाहालको जवाफअघि महासचिव विष्णु पौडेलले स्थायी समिति बैठकमा आफ्नो धारणा राख्नुहुनेछ । स्थायी समिति बैठक आजबाट सकिने बताइएको छ ।