७ बैशाख २०८१, शुक्रबार
Follow Us

लिभरपुलले जित्यो क्लब विश्वकप फुटबलको उपाधि

नेपालब्रिटेन संवाददाता
६ पुष २०७६, आईतवार ०४:४९

लन्डन । इंग्लिस क्लब लिभरपुलले क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा ब्राजिलको क्लब फ्लामेन्गोलाई एक शुन्यले पराजित गरेर लिभरपुलले उपाधि जितेका हुन् ।

निर्धारित ९० मिनेटमा दुबै टिमवाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगको थियो । खेलको ९९ औं मिनेटमा लिभरपुलका लागि रोबर्टो फिर्मिनोले गरेको गोल नै क्लब विश्वकपको उपाधि दिलाउन काफी भयो ।

सन् २००८ मा म्यानचेस्टर युनाइटेडले क्लब विश्वकप फुटबलको उपाधि जितेको थियो । त्यसपछि यो उपाधि जित्ने लिभरपुल दोस्रो इंग्लिस क्लब हो । लिभरपुल क्लब ईतिहासमा पहिलो पटक विश्वकपको च्याम्पियन बनेको हो । क्लबले गत सिजन च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

लिभरपुललाई जारी सिजनको प्रिमियर लिगमा १० अंकको अग्रता छ । शनिबार राति नै भएको खेलमा साउदी अरेबियाको क्लब अल हिलाललाई टाइब्रेकरमा पराजित गरेर मोन्तेरी तेस्रो भएको छ । निर्धारित समयको खेलमा २–२ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।