१५ चैत्र २०८०, बिहीबार
Follow Us

सेलिब्रेटी पाइलट विजय लामा बेलायतमा

नेपालब्रिटेन डट कम्
६ पुष २०७६, आईतवार ०९:१५

लन्डन ।सेलिब्रेटी पाइलट क्या. विजय लामा लन्डन आइपुगेका छन् । लण्डन हिथ्रोको टर्मिनल २ विमानस्थलमा ओर्लेपछि साहसिक’ पाइलट क्या. विजय लामालाई “समर्पण टिम” लगायतले स्वागत गरे ।

उनको स्वागतका लागि गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य रामशरण सिमखडा, समर्पण टिमका सूर्य गुरुङ, कान्ती गुरुङ र भिभा गुरुङ लगायत हिन्थ्रो विमानस्थल पुगेका थिए ।

उनी द टिम समर्पणको प्रस्तुति रहेको कार्यक्रममा सहभागी हुन लन्डन आइपुगेका हुन् ।कार्यक्रम डिसेम्बर आज आइतबार अल्टरसर्टको इम्पायर हलमा दिनको ३ बजे आयोजना हुने भएको हो ।

मकवानपुर स्थित श्री देवहित आधारभूत विद्यालयको सहयोगार्थ बेलायतमा क्रियाशील समर्पण समूहले साहसिक विमान चालक नेपाली चलचित्र जगतका नायक गायक संगीतकार एवम् सामाजिक अभियन्ता “क्याप्टेन विजय लामासंग एक साँझ” नामक कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा समर्पण समूहले प्रकाशन गरेको समर्पण नामक गिति एल्बमको विमोचन गरिने साथै स्थानीय कलाकारहरुले गीत तथा नीत्य समेत प्रस्तुत गर्ने कार्यक्रममा क्याप्टेन लामाले आफ्ना अनुभवहरु सुनाउने र उनको अनुभव सबैलाई प्रेरणाको श्रोत हुन सक्ने आयोजक मध्येका सूर्य गुरुङले बताए।

शिक्षा क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम अल्टरसर्टको इम्पायर हलमा हुदैछ । कार्यक्रममा प्रवेशका लागि टिकट मूल्य २५ पाउन्ड राखिएको छ ।

क्या। लामाले सन् १९८१ मा बनेको चलचित्र आर्दश नारीमा पाइलटको अभिनय गरेका थिए । उनलाई त्यही अभिनयले पाइलट बन्न पे्ररित गरेको थियो । त्यसपछि उनी उच्च शिक्षाका लागि विदेश गए । पाइटल बनेर पेशामा लागिसकेपछि पनि उनले चलचित्रमा उनी देखापरि रहे ।

तर उडान क्षेत्रमा भने उनको तीता मीठा धेरै अनुभवहरु छन् । उनका ती अनुभव फिल्म कथाभन्दा कम रोचक छैनन् । ‘सहासिक’ पाइलट भनेर चिनिने क्या। लामा नेपाल वायु सेवा निगमको पूर्व प्रवक्ता हुन् ।