६ बैशाख २०८१, बिहीबार
Follow Us

संजय र रिनाको ‘घुम्टो उघारी तिम्रो’सार्वजानिक (भिडियो)

नेपालब्रिटेन डट कम्
६ पुष २०७६, आईतवार १६:४७

काठमाडौं । चर्चित गायक दिपक लिम्बुको स्वरमा सजिएको ‘घुम्टो उघारी तिम्रो’ बोलको गीतमा बेलायतका नेपाली कलाकारले लोभलाग्दो प्रस्तुति दिएका छन् ।

बेलायतका विभिन्न रमणीय स्थानमा छाँयाकंन गरिएको गीतमा संचारकर्मी तथा कलाकारद्वय संजयभक्त कँडेल र डेब्यू मोडल रिना भन्डारीले रोमान्चक अभिनय गरेका छन् । प्रेमिल भावमा तयार भएको गीतको शब्द संगीत उत्तम जंग लिम्बुले गरेका छन् ।

प्रभु गुरुङले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोमा संजय र रिनाले रोमान्स–प्रेमिल भावमा आफूलाई प्रस्तुत गरेका छन् । दुईवटा अंग्रेजी र एउटा नेपाली गीतमा आफ्नो कला देखाइसकेका सजंयभक्तले यस गीतमा रिनासँग आकर्षक अभिनय गरेका छन् । इनश यूके तथा नेपाल पत्रकार महासंघका यूकेका महासचिब समेत रहेका संजयभक्तले नेपाली गीतमा आफ्नो दोस्रो प्रयास भएको जानकारी दिए ।

भिडियोको एरेन्ज साहस शाक्यले गरेका छन् भने साजन साहले मिक्सिङमा सघाएका छन् । सुमन श्रेष्ठको नेतृत्वमा गुणदेव घिमिरेले भिडियो छायांकनमा भूमिका निर्वाह गरेका छन् । विन निरौलाले सम्पादन गरेको भिडियो लोकेशन र ड्रेसमा अब्बल देखिएको छ ।