७ बैशाख २०८१, शुक्रबार
Follow Us

‘ए स्टार’ ले मनायो आठौं वार्षिकोत्सव (फोटो फिचर )

नेपालब्रिटेन डट कम्
८ पुष २०७६, मंगलवार २०:०७

लण्डन । बेलायतमा वित्तिय सेवा प्रदान गर्दै आएको ‘ए स्टार फाइनान्सियल सोलुसन्स् यूके’ ले आफ्नो आठौं वार्षिकोत्सव मनाएको छ ।

क्रिसमसको संयोग समेत पारेर सोमबार साँझ लण्डनमा आयोजित वार्षिकोत्सव कार्यक्रमबाट कम्पनीले दुई च्यारिटी संस्थालाई सहयोग पनि प्रदान गरेको छ । आफ्ना सेवाग्राही तथा बेलायतको नेपाली समुदायका अगुवा, संघसंस्थाका प्रतिनिधि, व्यवसायी, मिडियाकर्मीसहितको उल्लेख्य उपस्थितिमाझ ए स्टार समुहले केक काटेर आठौं वार्षिकोत्सवको खुशीयाली मनाएको थियो । त्यसअवसरमा कम्पनीका प्रिन्सिपल डाइरेक्टर मिन दर्लामीले ए स्टारले स्थापनाका दिनदेखि नै बेलायतको नेपाली समुदायसंग नजिक रहेर काम गर्दै आएको स्मरण गरे । बेलायतमा नेपाली मूलको पहिलो इण्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर समेत रहेका दर्लामीले आफ्नो व्यवसायिक सफलतासंगै समुदायप्रतिको उत्तरदायित्वलाई वहन गर्न ए स्टारले कोशिस गर्दै आएको सुनाए ।

कार्यक्रममा विभिन्न सामग्रीको अक्सन र राफल ड्र मार्फत ए स्टारले दुई वटा च्यारिटी संस्थालाई सहयोग प्रदान गरेको थियो । सडक जीवन बिताउन बाध्य (होमलेस) हरुलाई न्यानो लुगा तथा भोजन उपलब्ध गराउँदै आएको इलिंग सुप किचन र लक्ष्मी राईले सञ्चालन गरेको जुनकिरी इनिसिएटिभलाई सहयोग गरिएको हो । अक्सन समिर प्याकुरेलले रोचक रुपमा प्रस्तुत गरेका थिए ।

ए स्टारले कार्यक्रममा उपस्थित आफ्ना सेवाग्राही तथा अतिथिहरुमध्येबाट ३ जनालाई लक्की ड्रमार्फत गिफ्ट ह्याम्पर प्रदान गरेको थियो । कार्यक्रम ए स्टारका मोर्गेज तथा प्रोटेक्सन एड्भाइजर रमेश सरांगकोटीले तथा अक्सन एसएनपी प्लसका निर्देशक एकाउण्टेन्ट समिरनाथ प्याकुरेलले सञ्चालन गरेका थिए ।

गायक प्रमोद शर्माले विभिन्न गीतहरु सुनाएर मनोरञ्जन प्रदान गरेका थिए । अन्तमा रस्मिता दर्लामी र किशोर रानाको संयोजनमा डिजे डान्स समेत गराएर मनोरञ्जन लिइएको थियो । ए स्टार फाइनान्सियल सोलुसन्सका तर्फबाट प्रिन्सिपल डाइरेक्टर मिन दर्लामीसंगै रस्मिता दर्लामी, रमेश सराङकोटी, कुमार गुरुङ, रविन्द्र श्रेष्ठ, किशोर राना लगायतको समुहले उपस्थित सम्पुर्ण अतिथि तथा कम्पनीका सेवाग्राहीलाई क्रिसमस र नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए ।

अतिथिबाट सुनिल राना, गोमा राना, सुबाससिं गुरुङ, काउन्सिलर लक्ष्य गुरुङ, योगकुमार फगामी, शिवजी श्रेष्ठ, घन थापा, सोलिसिटर राजु थापा लगायतले ए स्टारलाई बधाई तथा शुभकामना दिएका थिए ।

लण्डनको ह्यांगर लेनमा मुख्य कार्यालय रहेको ए स्टारका अहिले आसफोर्ड र रेडिंगमा शाखा तथा फार्नबरोमा सम्पर्क कार्यालय छन् । मोर्गेज, इन्सुरेन्स, वील तथा स्टेट प्लानिङ, पेन्सन, इन्भेष्टमेन्ट लगायतका सम्पुर्ण फाइनान्सियल सेवा कम्पनीले प्रदान गर्दै आएको छ । कम्पनीका प्रिन्सिपल डाइरेक्टर मिन दर्लामी हालै ‘टप १० एड्भाइजर अफ द इयर २०१९’ अवार्डबाट समेत सम्मानित भएका थिए ।

फोटो: शिव भण्डारी