१४ बैशाख २०८१, शुक्रबार
Follow Us

हरेक महिना ८० भन्दा बढी बालबालिका यौन दुव्र्यवहारमा

नेपालब्रिटेन डट कम्
५ मंसिर २०७३, आईतवार ०८:०५

काठमाडौं । आज विश्व बाल अधिकार दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइदै छ । संयुक्त राष्ट्रसंघको आब्हानमा नोम्भेम्बर २० तारिखका दिन विश्व बाल दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व बाल अधिकार दिवस मनाइँदैछ । बालबालिकामाथि बढ्दो दुव्र्यवहारका घटनालाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघको महासभाले बालबालिकासम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई दिवसका रुपमा मनाउन थालेको हो । नेपालले पनि महासन्धिलाई सन् उन्नाइस सय नब्बेमा हस्ताक्षर गरेको थियो । नेपालले महासन्धिमा हस्ताक्षर गरेपनि बाल अधिकारको अवस्थामा भने सोचेजस्तो परिवर्तन देखाउन सकेको छैन । संविधानले समेत बालबालिकाको अधिकार सुनिश्चित गरेपनि अझै धेरै बालबालिका जोखिमपूर्ण श्रम गर्न बाध्य छन् । कतिपयले यौन दुव्र्यवहार खेप्नुपरेको छ । नेपालमा हरेक महिना ८० जनाभन्दा बढी बालबालिका यौन दुव्र्यवहारमा पर्ने गरेको तथ्यांकले देखाएको छ ।