१३ बैशाख २०८१, बिहीबार
Follow Us

महाभियोग प्रस्तावमा छलफल जारी

नेपालब्रिटेन डट कम्
५ मंसिर २०७३, आईतवार ११:४०

काठमाडौं । व्यवस्थापिका– संसद्को आजको बैठकमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल जारी रहेको छ ।
नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवम् व्यवस्थापिका– संसद् नियमावली, २०७३ को नियम १६८ को उपनियम (१) बमोजिम प्रमुख आयुक्तमाथि एक सय ५७ सदस्यले उक्त प्रस्ताव दर्ता गर्नुभएको थियो ।
उक्त प्रस्तावमाथिको छलफलमा आज तीन सांसदले मात्र भाग लिनुभयो । सांसद टुकराज सिग्देल, जनकबहादुर बुढा र ममता गिरीले भ्रष्टाचार निवारण गर्न गठित संवैधानिक आयोगको प्रमुख नै विधिको शासनको बर्खिलाफ लागेको भन्दै त्यस्ता व्यक्ति उक्त निकायको प्रमुख हुन नसक्ने भएकाले महाभियोग प्रस्ताव दर्ता गरिएको बताउनुभयो ।
“यो धर्तीको कुनै पनि तागतले लोकमानलाई जोगाउन सक्दैन,” उहाँहरूको आशय थियो । व्यवस्थापिका– संसद्को अर्को बैठक यही मङ्सिर १४ गते अपराह्न १३ः०० बजे बस्नेछ ।