११ बैशाख २०८१, मंगलवार
Follow Us

बेलायतबाट फर्किएर १७ करोडको लगानीमा माछापालन

नेपालब्रिटेन डट कम्
११ पुष २०७६, शुक्रबार २३:०८

भद्रपुर । झापाका एक युवाले अन्तर्राष्ट्रिय स्तरको माछापालन व्यवसाय गरेका छन्। यससँगै उनले सुविधा सम्पन्न इन्डोर क्यासलसहितको खेलौनापार्क पनि सञ्चालनमा ल्याएका छन्। झापाको बिर्तामोडमा हेवन वाटर पार्क नाम दिएर १४ वटा पोखरीमा माछापालन गरिएको छ। अध्ययनको सिलसिलामा बेलायत पुगेपछि विदेशको व्यावसायिक अनुुभव पनि लिएर आएका स्थानीय युवा नेपालरत्न शिवाकोटी हाल माछापालनमा सफल बनेका छन्। पोखरी खनेर माछाका भुरासम्म हाल्ने ठाउँ बनाउन मात्र उनले ४ करोड रुपैयाँ लगानी गरेका छन्। भन्छन्, ‘अहिलेसम्म करिब १७ करोड रुपैयाँ लगानी गरिसकेको छु।’

बिर्तामोड नगरपालिका २ को आफ्नै जग्गामा शिवाकोटीले २०७२ चैतदेखि वाटर पार्क सञ्चालनमा ल्याएका हुन्। १६ बिघा क्षेत्रफलमा माछापालानसँगै पार्क पनि छ। १३ बिघा क्षेत्रफलमा १४ वटा पोखरी निर्माण गरी पंगाइसिस जातको माछापालन गरिएको छ। एक बिघा १७ कट्ठाबाट सुरु गरिएको माछापालन पछि विस्तार गरिएको हो। हाल २ बिघामा सुविधा सम्पन्न फनपार्क निर्माण गरेर सञ्चालनमा ल्याइएको छ। यसमा इन्डोर कार्सल, गाडी गुडाउने, मिनी रेल, स्विमिङपुललगायत सुविधा छ।
– राधा खनाल