१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए यूके महिला फोरम गठन, अन्तर्राष्ट्रिय महिला दिवस मनाउने तयारी

नेपालब्रिटेन डट कम्
११ पुष २०७६, शुक्रबार २३:२३

लन्डन । गैरआवासीय नेपाली संघ यूके महिला फोरमले ‘
अन्तर्राष्ट्रिय महिला दिवस’ सेमिनारसहित भव्य रुपमा मनाउने भएको छ । आगामी ८ मार्च २०२०, आइतबार लन्डनमा दिवस मनाउने तयारी गरिएको एनआरएनए यूके महिला संयोजक प्रसुना कंडेलले जनाइन् ।
विभागकी संयोजक कंडेलका अनुसार, ‘इन्टरनेशनल सेमिनार अन वुमन एजुकेशन एण्ड इम्पावरमेन्ट’ शीर्षकमा हुने उक्त सेमिनारमा सहभागी हुन सबै संघसंस्थालाई पत्राचार गरिने छ । ‘सम्भव भए त्यसदिन अन्य कुनै कार्यक्रम नराखी हामीलाई सहयोग गरिदिनु हुन सबैमा हार्दिक अनुरोध छ’ कंडेलले अपिल गरेकी छन् ।

सेमिनारमा महिला सशक्तिकरण, शिक्षा र उनीहरुलाई अवसर आदि मुद्दाबारे छलफल गरिने जनाइएको छ ।

यसैबीच, एनआरएनए यूके महिला संयोजक प्रसुना कंडेलले संघको विधानमा रहेर विभाग विस्तार गरेकी हुन् । ७ सदस्यीय महिला फोरममा डा. सारा रावल, लारा राई, दुर्गा गुरुङ, सुस्मिता थापा, कल्पना गुरुङ र प्रियंका आचार्य छन् । त्यसैगरि समितिमा तीनजना सल्लाहकारहरु डा. पुनम यादव, डा. बिभा सिम्खडा र श्रीमति टुका क्षेत्रीलाई पनि राखिएको छ ।