१३ बैशाख २०८१, बिहीबार
Follow Us

शेयर बजार ६६ अंकले गिरावट

नेपालब्रिटेन डट कम्
५ मंसिर २०७३, आईतवार १२:४०

काठमाडौं । सेयर बजारमा निकै गिरावट आएको छ । साताको पहिलो दिन बजार खुलेदेखि नै रातो भएको नेप्से पौनै एक बजेसम्म ६६ अंकले आरोलो लागेको छ । गत बिहीबार पनि बजार चालिस अंकले तल ओर्लिएको थियो । बजार खुलेको डेढ घण्टामै ४ प्रतिशतभन्दा बढी अर्थात ६६ अंकले बजार तल ओर्लिएपछि ‘सर्किट ब्रेक’ लागेर कारोबार आधा घण्टाका लागि स्थगित गरियो । चार प्रतिशतभन्दा बढी दरमा बजार ओर्लिन थालेपछि कारोबार स्थगित भएको हो । बिहीबारको ओरालोले अत्तालिएका लगानीकर्ता आजको गिरावटबाट तर्सिएका छन् । अधिकांश कम्पनीले गत वर्षभन्दा बढी नाफा कमाइरहेको पहिलो त्रैमासिक रिपोर्ट दिइरहेको र गत वर्षको कमाइबाट कम्पनीले बोनस र हकप्रदको आकर्षक प्याकेज घोषणा गरिरहेका बेला बजारमा देखिएको यो गिरावटलाई विज्ञले समेत अस्वभाविक र आश्चार्यजनक भनेका छन् । केही ठूला खेलाडीको चलखेलका कारण बजारमा नाटकीय उथलपुथल देखिएको अनुमान गरिएको छ । भूकम्प र नाकाबन्दीजस्ता विषय परिस्थितिलाई समेत सामाना गर्दै निरन्तर माथि उक्लेको सेयर बजारमा पछिल्लो समयमा नाटकीय उतारचढाप देखिएको छ । यसले बजारको आकर्षण र विश्वसनियतामाथि समेत प्रश्न उठ्न थालेको छ । अहिलेसम्मको सर्वाधिक उच्च विन्दु अठार सय एकासि छोएर तल ओर्लिएको बजार लामो समय १७ सयको वरीपरी अडिए पनि बिहीबार र आइतबारको गिरावटले बजारलाई १६ सयको विन्दुबाट पनि तल झरेको छ ।