१५ चैत्र २०८०, बिहीबार
Follow Us

ईञ्जाको यूरोप शाखा संयोजकमा पत्रकार ददी सापकोटा

नेपालब्रिटेन डट कम्
१२ पुष २०७६, शनिबार ०६:१५

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (ईञ्जा)को नवगठित यूरोप शाखाको संयोजकमा फ्रान्सबाट पत्रकार ददी सापकोटा चयन भएका छन् ।

त्यस्तै वरिष्ठ पत्रकारहरु भगिरथ योगी र थानेश्वर सापकोटा सल्लाहकार रहेको इन्जा युरोपको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण देवकोटा (स्वीजरल्याण्ड), उपाध्यक्ष टुवल सापकोटा (जर्मनी), महासचिव दीपक धिताल (जर्मनी), सचिव निराजन श्रेष्ठ (स्विजरल्याण्ड), र कोषाध्यक्ष निलम घिमिरे (वेल्जियम) रहेका छन् ।

ईञ्जा युरोपको सदस्यहरुमा भक्त खनाल (बेलायत), विजय शर्मा दर्पण (स्पेन), दीपक खतिवडा (पोर्चुगल), बिष्णु शर्मा (पोर्चुगल) , रविचन्द्र भट्टराई (अष्ट्रिया) र जयराम तामाङ (बेलायत) रहेका छन् ।