१५ बैशाख २०८१, शनिबार
Follow Us

मेलालाई लक्षित गरी गएराति बुटवलमा शृंखलाबद्ध बम विस्फोट

नेपालब्रिटेन संवाददाता
१२ पुष २०७६, शनिबार ०६:३६

बुटवल । बुटवलमा शुक्रबार राती शृंखलाबद्ध विस्फोट भएको छ । टेलिकम सेवा प्रदायक एनसेलले मेला आयोजना गरेको सिद्देश्वरी स्कुलको प्रांगणमा गएराति दश बजेतिर बम विस्फोट भएको हो । आज एनसेलले गर्न लागेको कन्सर्टलाई विथोल्ने उद्देश्यले बिस्फोट गराइएको अनुमान प्रहरीले गरेको छ । बिहीबार चन्द नेतृत्वको नेकपाका रुपन्देही सेक्रेटरी बिजयले एक विज्ञप्ती प्रकाशित गर्दै राज्यलाई कर नतिरेको भन्दै एनसेललाई कुनै मेला महोत्सव नगर्न चेतावनी दिएका थिए । विस्फोटपछि कन्सर्ट स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।