१५ बैशाख २०८१, शनिबार
Follow Us

पीपीएल: चितवन र विराटनगर उपाधि भिडन्तमा

नेपालब्रिटेन संवाददाता
१२ पुष २०७६, शनिबार ०६:४०

पोखरा । चितवन र विराटनगर पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि भिडन्त गर्दैछन् । पोखरा मैदानमा विहान साढे ११ बजे शुरु भएको फाइनल खेलमा चितवन राइनोज र विराटनगर टाइटन्सले भिडन्तमा उत्रेका हुन् । अघिल्लो संस्करणमा उपविजेता चितवन र गत वर्षको पुछारमा रहेको विराटनगरका लागि पहिलो उपाधि हुनेछ ।

चितवनले जारी प्रतियोगितामा शत प्रतिशत नतिजाका साथ फाइनलमा स्थान बनाएको हो भने विराटनगरले प्लेअफमा पुग्न एलिमिनेटर राउण्ड पार गर्नु परेको थियो । नेट रनरेटमा काठमाडौंभन्दा अघि रहँदै प्लेअफमा बुटवललाई पराजित गरेर विराटनगर प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । लिग चरणका पाँच खेलमध्ये तीन खेलमा विराटनगर पराजित भएको थियो भने दुई खेलमा जित हासिल गर्न सफल भयो । तर पछिल्ला दुई खेलमा भने विराटनगरले राम्रो प्रदर्शन गरेको थियो ।