१३ बैशाख २०८१, बिहीबार
Follow Us

इञ्जाको ग्लोबल, यूरोप र एसियामा नयाँ कमिटी चयन

नेपालब्रिटेन संवाददाता
१२ पुष २०७६, शनिबार ०७:०१

लन्डन । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (ईञ्जा) ले आगामी दुई वर्षका लागि ग्लोवल कमिटी र युरोप तथा एशिया महादेशीय कमिटीहरुको चयन गरेको छ । गुणराज लुइटेलको अध्यक्षतामा निर्वाचित ग्लोवल कमिटीको वरिष्ठ उपाध्यक्षहरुमा सुनिलमणि दाहाल (सचिवालय) र विष्णु शीतल (अन्तराष्ट्रिय समन्वय) छन् । उपाध्यक्षमा टंक पन्त (एशिया), ददी सापकोटा (युरोप) र मनऋषि धिताल (अष्ट्रेलिया) छन् ।

ईञ्जा ग्लोवलको संरक्षकमा राम खरेल र योगेश उपाध्याय रहेका छन् भने सल्लाहकारमा नेपालका लागि अमेरिकाका पूर्वराजदुत स्कट एच डेलिसी, नेपाल पत्रकार महासंघका पूर्वसभापति तथा फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहाल, तीर्थ कोइराला र गंगा लामिटारे (अधिकारी), सामुदायिक रेडियो अभियन्ता घमराज लुइटेल छन् ।

ईञ्जा ग्लोवल कमिटीको निर्देशकमा किशोर सापकोटा (संगठन), अनुराधा पौडेल (नीति निर्माण तथा प्रशिक्षण), विजय थापा (सञ्चार) र भक्त घिमिरे (अन्तरदेशीय समन्वय) चयन भएका छन् ।

कमिटीको महासचिवमा शिव विष्ट, सचिवमा दीपक रिजाल र कोषाध्यक्षमा वर्षा भुजेल छन् । कोषाध्यक्ष भुजेलले फ्रेन्डस अफ ईञ्जा, अमेरिकाको इञ्चार्जको भूमिका समेत निर्वाह गर्ने छन् ।

ईञ्जाका सदस्यहरुमा अमेरिकावाट विष्णु शर्मा, भूपेन थापा, भोला सिवाकोटी, ज्योतिकुमार श्रेष्ठ, विश्व थापा, उमेश शर्मा, सिर्जन ताम्राकार, राम लामा अभिनासी, सिर्जना उप्रेती, अंकुश नेपाल, तारा भट्टराई, सुनिल हुमागाइ, डोव ढकाल, खेम भट्टचन, र पूर्णसिंह वराइली, क्यानाडावाट डा. किश्मत भण्डारी र वद्री तिमिल्सिना, चीनवाट ध्रुब पौडेल, नेपालवाट कृष्ण ढुंगाना, रीता सापकोटा, र विनेश खनाल, भारतवाट भरत पौडेल, स्पेनवाट दीपेन्द्र गजुरेल र मध्यपूर्ववाट सुवास शर्मा र टेकबहादुर थापा चयन भएका छन् ।

ईञ्जा युरोप
ददी सापकोटा (फ्रान्स) को अध्यक्षतामा ईञ्जा युरोपको चयन भएको छ। भगीरथ योगी र थानेश्वर सापकोटा सल्लाहकार रहेको इन्जा युरोपको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण देवकोटा (स्वीजरल्याण्ड), उपाध्यक्ष टुवल सापकोटा (जर्मनी), महासचिव दीपक धिताल (जर्मनी), सचिव निराजन श्रेष्ठ (स्विजरल्याण्ड), र कोषाध्यक्ष निलम घिमिरे (वेल्जियम) रहेका छन्। ईञ्जा युरोपको सदस्यहरुमा श्रीभक्त खनाल (बेलायत), विजय शर्मा दर्पण (स्पेन), दीपक खतिवडा (पोर्चुगल), रविचन्द्र भट्टराइ (अष्ट्रिया) र जयराम तामाड (बेलायत) छन् ।

ईञ्जा एसिया
टंक पन्तको अध्यक्षतामा रहेको ईञ्जा एशियाको वरिष्ठ उपाध्यक्षमा नारायण न्यौपाने छन् भने उपाध्यक्षहरुमा दीपक पुडासैनी (कतार), आनन्द कोइराला (जापान) र मञ्जु गुरुङ (कोरिया) छन् । महासचिवमा दीपेन्द्रदोङ तामाङ, सचिवमा खेमकुमारी पोख्रेल (दीपु) र कोषाध्यक्षमा रामकुमार कामत चयन भएका छन् । ईञ्जा एशियाको सदस्यहरुमा विकास थपलिया, रामप्रसाद भण्डारी, अर्जुन सापकोटा, लीला उपाध्याय, बिशाल गैरे र अनिल आचार्य छन् ।