१३ बैशाख २०८१, बिहीबार
Follow Us

पीपीएलको उपाधि चितवनलाई

नेपालब्रिटेन संवाददाता
१२ पुष २०७६, शनिबार ११:२७

पोखरा । पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणको उपाधि चितवन राइनोजले जितेको छ । समूह चरणका सवै खेल जित्दै फाइनलमा प्रवेश गरेको चितवनले फाइनलमा पनि विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै उपाधि जितेको हो । पारस खड्काको कप्तानीमा खेलेको चितवनले उपाधिसँगै नगद २७ लाख रुपैयाँ हात पार्दा उप विजेता भएको विराटनगर टाइटन्सले १० लाख रुपैयाँमा चित्त बुझायो ।

पोखरा मैदानमा आज भएको फाइनलमा २०३ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ७ विकेटको नोक्सानीमा १७० रन मात्रै बनाउन सक्यो । विशाल लक्ष्य पछ्याउने क्रममा विराटनगरको सुरुआत भने राम्रो भएन । पहिलो विकेट ११ रनमा गुमाउँदा सुनिल धमला ४ रन बनाएर आउट भएका थिए ।

१६ रन हुँदा लोकेश बमलाई विराटनगरले दोस्रो विकेटका रुपमा गुमाउन पुग्यो । लोकश ४ रनमा पेभेलियन फर्किए । एक पटक जीवन दान पाएका नुमान खान पनि व्यक्तिगत १८ रन बनाएर आउट हुँदा विराटनगरले तेस्रो विकेट खेर फालेको थियो । लगातार विकेट पतन भइरहेकाबेला एक इनमा टिकेका मोहम्द जइद आलम पनि अर्धशतकीय पारि खेल्दै आउट भएपछि चितवनको पारि धर्मराएको थियो ।

यसैगरी पुनित मेहरा पनि पाँचौ विकेटको रुपमा ३२ रन बनाएर आउट भए । एलिमिनेटर खेलमा पुनित र प्रदीप ऐरीले विराटनगरलाई ठूलो स्कोर बनाउन योगदान गरेका थिए । १८.४ ओभरसम्म क्रिजमा रहेका कप्तान प्रदीप ऐरीले ३६ रन बनाए पनि हार भने टार्न सकेनन् ।