१३ बैशाख २०८१, बिहीबार
Follow Us

उरुग्वेमा एक अर्ब अमेरिकी डलर बराबरको कोकिन बरामद

नेपालब्रिटेन संवाददाता
१२ पुष २०७६, शनिबार ११:२८

मन्टेभिडिओ । उरुग्वेमा हालसम्मकै सबैभन्दा ठूलो परिमाणको कोकिन बरामद भएको छ । समुन्द्री सेना र भन्सार अधिकारीको संयुक्त टोलीले झन्डै साढे चार टन लागुपदार्थ कोकिन बरामद गरेको हो । पिठो भन्दै ट्रकवाट ओसारपसार गरिरहेको अवस्थामा मन्टेभिडिओको बन्दरगाहमा चार हजार ४ सय १८ केजी कोकिन बरामद भएको हो ।

बरामद भएको कोकिनको मूल्य एक अर्ब अमेरिकी डलर भन्दा बढी रहेको बताइएको छ । बरामद गरिएको कोकिन अफ्रिकी देश टोगोको राजधानी लोममा लैजान ठिक्क पारिएको भटमासको पीठोमा लुकाइएको थियो ।

मन्टेभिडिओ शहरभन्दा २ सय ९० किलोमिटर दक्षिणपश्चिममा रहेको सोरियानोवाट सो कोकिन बन्दरगाहमा आइपुगेको हो । सो स्थानमा प्रहरीले छापा मारेर दुई जनालाई पक्राउ गरेको छ । सो स्थानवाट थप लागूपदार्थ समेत बरामद भएको छ । कोकिन कहाँबाट आएको भन्ने प्रस्ट भइनसकेकाले अनुसन्धान भैरहेको उरुग्वेको सेनाले जनाएको छ ।

दक्षिण अमेरिकाबाट लागुपदार्थ अफ्रिका तथा युरोप ओसारपसार गर्न युरुग्वेलाई ’ट्रान्जीट’ विन्दुको रूपमा उपयोग गर्ने क्रम बढ्दो छ । यसअघि गत नोभेम्बरमा पनि तीन टन कोकिन उरुग्वेमा बरामद भएको थियो ।