१२ बैशाख २०८१, बुधबार
Follow Us

भारतमा २२ वर्षपछि सर्वाधिक चिसो, ५९ जनाको ज्यान गयो

नेपालब्रिटेन संवाददाता
१३ पुष २०७६, आईतवार ०४:००

नयाँ दिल्ली । भारतमा अत्यधिक चिसोका कारण ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ । २२ वर्षपछि अत्यधिक चिसो मापन गरिएको भारतमा ज्यान गुमाउनेको संख्या थप बढ्ने अनुमान गरिएको छ । अधिकांश ठाउँमा न्यूनतम तापक्रम फ्रिजिङ पोइन्टभन्दा तल पुगेको छ भने ६ राज्यमा रेड अलर्ट जारी गरिएको छ ।

भारतीय सञ्चार माध्यमहरूले जनाए अनुसार त्यहाँकाे माैसम विभागले पञ्जाब, हरियाणा, दिल्ली, राजस्थान, उत्तर प्रदेश र बिहारमा रेड अलर्ट जारी गरेको हो । यता, चिसोले दिल्लीमा नयाँ रेकर्ड बनाएको छ । दिल्लीमा लगातार ११ दिन चिसो भएको छ । यस्तो लगातार चिसो भएको सन् १९९७ पछि पहिलोपटक हो । यस पटक चिसोले दिल्ली, नोएडा, गाजियाबाद र फरीदाबाद वरपरका क्षेत्रहरुमा बरफ जमेको छ । हिजो शनिबार दिल्लीको तापक्रम १.७ डिग्री सेल्सियस थियो ।