७ बैशाख २०८१, शुक्रबार
Follow Us

शव बाटोमा उत्तानो

नेपालब्रिटेन संवाददाता
१३ पुष २०७६, आईतवार ०४:१५

काठमाडौं । काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिका–५ बहालटोलमा शनिबार दिउँसो एक पुरुष बाटोमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । शव बाटोमा उत्तानो अवस्थामा फेला परेको थियो । शव रुकुम सानोभेरी गाउँपालिका–८ घर भई हाल चौरीदेउरालीमा ज्यामी काम गर्दै आएका ४८ वर्षीय प्रवीर ओली रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

उनले शुक्रबार राति अत्यधिक मात्रमा मादक पदार्थ सेवन गरेको भन्ने बुझिएको र चिसोका कारण मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । सो वडाका वडाध्यक्ष राजकुमार गौतमले गत मङ्सिर १५/१६ गतेबाट रुकुम सानोभेरी गाउँपालिकाबाट करीब ११/१२ जनाको समूह कामको सिलसिलामा चौरीदेउरालीको विभिन्न ठाउँमा भूकम्प पुनःनिर्माणको काममा ज्यामी काम गर्दै आइरहेको पाइएको बताए ।