१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सोमालियामा कार बम विस्फोटबाट कम्तीमा ७६ को मृत्यु, ९० घाइते

नेपालब्रिटेन संवाददाता
१३ पुष २०७६, आईतवार ०४:३३

मुगादेशु । सोमालियाको राजधानी मोगादिशुको चेकपोस्ट नजिकै कार बम विस्फोट हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने ९० भन्दा बढी घाइते भएका छन् । मारिनेमा दुई जना टर्किस इन्जिनियर पनि रहेका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने स्थानीय प्रहरीको भनाइ छ ।

सडक निर्माण कार्यमा जुटिरहेका टर्किस इन्जिनियरहरू रहेको ठाउँनजिकै विस्फोट भएको हो । सो घटनामा बसमा यात्रा गरिरहेका बन्दिर युनिभर्सिटीका कम्तीमा १६ विद्यार्थी बम विस्फोटको शिकार बनेका छन् ।

विस्फोटको जिम्मा कसैले पनि लिएको छैन । सोमालियाका राष्ट्रपति मोहम्मद अब्दुल्लाह फर्माजोले आक्रमणको भत्र्सना गर्दै सोमालिया जनतालाई निरुत्साहित गर्न आक्रमण भएको प्रतिक्रिया दिएका छन् ।