८ बैशाख २०८१, शनिबार
Follow Us

नेपालमा मनाइयो सलमान खानको जन्मदिन, बिइङ ह्युमन ई–साइकल सार्वजनिक

नेपालब्रिटेन डट कम्
१३ पुष २०७६, आईतवार ०६:३४

नेपालमा पनि सलमान खानको जन्मदिन मनाइएको छ। उनि संस्थापक रहेको बिईगं ह्युमन फाउण्डेसनको नेपाल स्थित बिईगं ह्युमन क्लोथिङको एकमात्र आधिकारीक बिक्रेता वस्त्र ईन्क प्रालिले दरबारमार्गको स्टोरमा केक काटेर खानको जन्मदिन मनाएको हो।

विभिन्न देशमा रहेका बिईगं ह्युमन क्लोथिङको ‘शो–रुम’हरुमा सलमान खानको ५४ औं जन्मोत्सव भव्यताका साथ मनाईकोमा नेपालमा पनि खानको जन्मदिन मनाइएको बिईगं ह्युमन क्लोथिङको नेपालको एकमात्र आधिकारीक बिक्रेता वस्त्र ईन्क प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सुदिपचन्द्र बख्रेलले बताए।

‘सलमान खान फिल्ममात्र होईन, वास्तविक जिवनमा पनि हिरो बन्न सफल हुनुभएको छ,’ प्रमुख कार्यकारी अधिकृत बख्रेलले भने, ‘बलिउड सुपर स्टारभन्दा पनि सामाजिक गतिविधी सकृय बिईगं ह्युमन फाउण्डेसनका संस्थापकको रुपमा जन्मदिन मनाएका हौँ।’

प्रमुख कार्यकारी अधिकृत बख्रेलले बिईगं ह्युमन क्लोथिङ नेपालले पनि आगामी दिनमा विभिन्न किसिमको च्यारिटिहरुको आयोजना गर्ने बताए। उनले भने, ‘अब हामी बिईगं ह्युमनको शो–रुममै पनि शारिरिक रुपमा फरक क्षमता भएका व्यक्तिहरुलाई पनि रोजगारी दिनेछौँ।’

केहि समय आन्तरिक समस्याका कारण बन्द रहेको बिईगं ह्युमन नेपालको शो–रुम आजकै दिनदेखी औपचारिक रुपमा पुनः सञ्चालनमा आएको छ। ‘विभिन्न आरोह–अवरोहबिच आज हामी यहाँसम्म आईपुगेका छौँ,’ वस्त्र ईन्कका सञ्चालक राजु थापा क्षेत्रीले भने, ‘नयाँ व्यवस्थापन र नयाँ उर्जाका साथ फर्किएका छौँ।’

‘सलमान खानका समर्थकहरुलाई एकसाथ उनको फिल्म हेर्न हलसम्म लग्यौ,’ अर्का सञ्चालक सुरज केसीले भने, ‘यस अवसरमा हामीलाई साथ दिनुहुने सबैप्रति आभारी छौ।’

जन्मदिनको अवसरमा वस्त्र ईन्कले आफ्ना ग्राहकहरुलाई प्रत्येक १५ हजारको खरिदमा बिशेष छुट दिएको थियो भने यहि अवसरमा सलमान खानको फिल्म दबगं–३ देखाउन पनि लगेको थियो।

यसै अवसरमा बिइङ ह्युमन ब्राण्डको बिइङ ह्युमन ई–साइकल पनि सार्वजनिक गरिने सञ्चालक राजु थापा क्षेत्रीले जानकारी दिए। बिइङ ह्युमन फाउण्डेशनले बिइङ ह्युमन ब्राण्डका सामग्रिहरु बिक्री गरेवापत हुने आम्दानीको एउटा निश्चित हिस्सा परोपकारका लागि छुट्याउँदै आएको छ।