१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रबासी नेपाली मंच बेलायतले बाह्रौं स्थापना दिवश मनाउने

नेपालब्रिटेन डट कम्
५ मंसिर २०७३, आईतवार १९:२४

कुमार के.सी. ।
प्रबासी नेपाली मंच बेलायतले आगामी डिसेम्बर २० तारिख मंगलबारका दिन यूरो ट्राभलर होटल लण्डनमा एक भब्य समारोह बीच बाह्रौ स्थापना दिवश मनाउने निर्णय गरेको छ । मंचको गत आइतबार लन्डन ह्यारोमा बसेको सातौँ पूर्ण बैठकले उक्त निर्णय गरेको हो । बैठकले मंचको आगामी आर्थिक, सांगठनिक तथा बिबिध कार्यजोजनाहरु निर्माण गरेको छ ।
मंचका आगामी कार्यक्रमहरु मध्ये आसन्न बाह्रौं स्थापना दिवश भब्य रुपमा मनाउन मंचका अध्यक्ष्य राम शरण सिम्खडाको अध्यक्ष्यता एक आयोजक समिति गठन गरिएको छ । सो आयोजक समितिमा मंचका पदाधिकारीहरु, विभागीय प्रमुखहरु, सचिबालय सदस्यहरु, हरेक इलाका कमिटिका अध्यक्ष्य तथा कार्यक्रम आयोजना गरिने नर्थ वेस्ट इलाका कमिटिका सदस्यहरु रहेको कुरा अध्यक्ष्य सिम्खडाले बताउनु भएको छ ।
कार्यक्रममा प्रबासी नेपाली मंच बेलायतका सम्पूर्ण सल्लाहकारहरु, पुर्ब कार्यसमितिका पदाधिकारीहरु, संस्थापकहरु, इलाका कमिटिका सदस्यहरु, समर्थक तथा शुभचिन्तक अन्य राजनीतिक पार्टीका पार्टी प्रमुख लगायत बेलायतमा रहेका बिशिस्ट बिज्ञहरुको समेत उक्त कार्यक्रममा सहभागीता रहने छ । सो कार्यक्रममा मंचका सम्पूर्ण सदस्यहरुलाई सपरिवार उपस्थितिको लागी आयोजक समितिले अनुरोध गरेको छ। प्रबासी नेपाली मंचको सो बाह्रौं स्थापना दिवशमा मंचको स्थापनादेखि हालसम्मका गतिबिधि समिक्षा, आगामी कार्य योजना जानकारी तथा अन्य बिसिष्ट महानुभाबहरुको शुभकामना रहने छ। कार्यक्रमको दोश्रो भाग आपसी छलफल, कुराकानी तथा मनोरंजन गरिने कुरा संयोजक सिम्खडाले बताउनु भएको छ ।
on
मंचका अध्यक्ष्य राम शरण सिम्खडाको अध्यक्ष्यता तथा महासचिब तुंगभद्र भुसालको संचालनमा सम्पन्न सो बैठकमा प्रबासी नेपाली मंच बेलायतका उपाध्यक्ष्य द्वय रबिन्द्र कंडेल तथा रामजी बराल, सचिब धन क्षेत्री, आर्थिक बिभाग प्रमुख कृष्ण भण्डारी, प्रचार बिभाग प्रमुख कुमार के.सी, संगठन बिभाग प्रमुख कमल खनाल, सचिबालय सदस्य होम निरौला, संगठन विभागका सचिब मिलन घिमिरे, सरस्वती के.सी., खिबराज शर्मा र शुशिला राइको सहभागीता रहेको थियो।