१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रदेश ३ को नाम बाग्मती राजधानी हेटौडामै राख्ने नेकपाको निर्णय

नेपालब्रिटेन संवाददाता
१३ पुष २०७६, आईतवार १२:५१

काठमाडौं । प्रदेश तीनको नाम र राजधानी चाँडै टुंगिने भएको छ । सत्तारुढ नेकपाले प्रदेश तीनको नाम बाग्मती र राजधानी हेटौडामै राख्ने निर्णय गरेकाले यो विषय निस्कर्षमा पुग्ने भएको हो । आज विहान बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम र राजधानीमा सहमति जुटाएको हो ।

बैठकले सोही अनुसार नाम र राजधानी कायम गर्न मातहतको कमिटीलाई निर्देशन दिएको छ । प्रदेश संरचना निर्माण भएदेखि नै हेटौडा अस्थायी राजधानीको रुपमा रहेको थियो । राजधानी सम्बन्धी अध्ययन गर्न प्रदेश सांसद दीपक निरौलाको संयोजकत्वमा गठित कार्यदलले प्रतिवेदन बुझाएको महिनौँ भइसक्दा पनि प्रदेशसभाले निर्णय गर्न सकेको थिएन ।

पार्टीले औपचारिक निर्णय गरेपछि प्रदेशसभा बैठकवाट यसलाई अनुमोदन गर्ने प्रक्रिया अघि बढाउने तयारी प्रदेश सरकारको छ । सातमध्ये अझै प्रदेश १, २, ३ र ५ ले नाम र राजधानी टुग्याउन सकेका छैनन् ।