१३ बैशाख २०८१, बिहीबार
Follow Us

पर्यटन बोर्ड नेतृत्वबिहीन, बोर्ड नभए पनि फरक पर्दैन : सरकार

नेपालब्रिटेन संवाददाता
१३ पुष २०७६, आईतवार १३:००

काठमाडौं । नेपाल पर्यटन वोर्ड यतिबेला नेतृत्व विहिन छ । गत सोमबारबाट प्रमुख कार्यकारी अधिकृत दीपक जोशीको कार्यकाल सकिएपछि बोर्ड नेतृत्व विहिन बनेको हो । बोर्डले प्रमुख कार्यकारी अधिकृत छनौटका लागि पहल थालेको छ ।

पर्यटन बोर्ड नेपाल भ्रमण वर्ष २०२० को तालुकदार संस्था हो । यसै साता नेपाल भ्रमण वर्ष २०२० सुरु हुँदैछ । ढिलो गरी प्रक्रिया थालिएको भन्दै आलोचना सुरु भएको छ । पर्यटन बोर्ड भने भ्रमण वर्ष २०२० का लागि प्रमुख नभए पनि असर नपर्ने दाबी गर्छ ।

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित विभिन्न कार्यक्रम आयोजना सुरु गरेको छ । यसका लागि पर्यटन बोर्ड बढी जिम्मेवार हुने गर्छ । जनवरीको दोस्रो सातासम्ममा कार्यकारी अधिकृत नियुक्त हुनसक्ने पर्यटन बोर्डले जानकारी दिएको छ ।

एकै व्यक्ति दुई पटकसम्म बोर्डको कार्यकारी अधिकृत हुन सक्ने प्रावधान छ । सरकारले जोशीलाई ३ महिनासम्मका लागि जिम्मेवारी थप्ने योजना बनाएको थियो ।