१६ चैत्र २०८०, शुक्रबार
Follow Us

यी हुन आईएनईए अवार्डको टप फाइनलिस्ट ‘बेस्ट फीमेल एक्टर’!

नेपालब्रिटेन डट कम्
१३ पुष २०७६, आईतवार २०:१३

लण्डन । बेलायतबाट सञ्चालित डिजिटल मिडिया ‘ह्याब अ मोमेन्ट’ ले आउँदो महिना गर्न लागेको अवार्ड कार्यक्रमको लागि ‘बेस्ट फीमेल एक्टर फाइनललिस्ट’ को नाम सार्वजानिक गरिएको छ ।

नेपाली समुदायमा विशिष्ट योगदान दिने विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सम्मान र हौसलाका लागि इन्टरनेसनल नेप्लिज एक्सिलेन्स (आईएनईए) अवार्ड कार्यक्रम गर्न लागिएको हो ।

आउँदो जनवरी ११ तारिख आइतबारका दिन अल्डरसटस्थित एम्पायर हलमा वितरण सो अवार्डको लागि ‘बेस्ट फीमेल एक्टर फाइनललिस्टमा जसिता गुरुङ, मिरुना मगर, कुसुम गुरुङ, श्रेस्टि श्रेष्ठ, दिया पुन, अम्बिका राई लगायत अन्तिम ६ जनाको लागि चयन भएको ह्याब अ मोमेन्टका निर्देशक नविन गुरुङले जनाए ।

गुरुङका अनुसार वेष्ट मेल एक्टरको फाइनल नोमिनेसनमा टंक धमला, रितेस चाम, राजदीप राई, धिरज मगर, बिक्रम जोशी परेका छन् ।

बेलायतको नेपाली समुदायमा विशेष योगदान गरेका समाजसेवी, खेलाडी, कलाकार, संगीतकर्मी, पत्रकार, मिडियाकर्मी लगायतलाई विभिन्न १० विधामा अवार्ड दिइनेछ सो अवार्डको लागि बाँकी फाइनलिस्टहरुको नाम क्रमशः प्रकाशन गरिदै जाने जानकारी गुरुङ दिए ।