७ बैशाख २०८१, शुक्रबार
Follow Us

तत्कालीन राजा वीरेन्द्र शाहको आज ७५ औं जन्मजयन्ती

नेपालब्रिटेन संवाददाता
१४ पुष २०७६, सोमबार ०५:२७

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहको ७५ औं जन्मजयन्ती राजावादीहरुले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । तत्कालीन राजा वीरेन्द्रबारे राज्य बेखबर भए पनि सामाजिक सञ्जालमा उनको परिवारसहितको तस्बिर छाएको छ । जन्मजयन्तीको अवसरमा शुभचिन्तक तथा उनीप्रति विशेष श्रद्धा गर्नेहरुले ललितपुरको जाउलाखेलमा रहेको वीरेन्द्रको शालिकमा माल्यार्पण गरी तत्कालीन राजा वीरेन्द्रको सम्झना गरेका छन् ।

पारिवारिक जमघटको समयमा २०५८ जेठ १९ गते दरबारभित्र चलेको गोलीकाण्डमा उनको निधन भएको थियो । त्यस क्रममा रानी ऐश्वर्य, छोराहरु युवराज दीपेन्द्र, अधिकारकुमार निराजन, छोरी श्रुति लगायत आफन्तहरुको पनि निधन भएको थियो । दरबार हत्याकाण्ड आजसम्म रहस्यमै रहेको छ ।